images
images

चुनावको मुखमा मैनापोखरीबाट चार जना युवक पक्राउ

  • २७ बैशाख २०७९, मंगलवार २०:३४

दोलखा । स्थानीय तह निर्वाचनको मुखमा दोलखा प्रहरीले मैनापोखरी बजारबाट बाहिरी जिल्लाका चार जना युवकहरुलाई पक्राउ गरेको छ ।

निर्वाचन नजिकिएसँगै बाहिरी जिल्लाबाट मैनापोखरीमा गएर बसेका उनीहरुलाई प्रहरीले आज साँझ नियन्त्रणमा लिएको हो । उनीहरुलाई मैनापोखरी बजारमा रहेको मुना होटलबाट नियन्त्रणमा लिइएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरु गएराति देखि नै सो होटलमा बास बसेको पाइएको छ । भ्रमणका लागि भन्दै आएका उनीहरु हिजोदेखि आफ्नो होटलमा बास बसेको होटल सञ्चालकले बताएका छन् ।

मैनापोखरी बजारमा रहेको मुना होटल भएको भवनमा नेकपा माओवादी केन्द्रको बैतेश्वरको चुनावि प्रचारप्रसारको कार्यालय पनि रहेको छ । सोही होटलबाट पक्राउ परेका युवकहरुलाई माओवादीले ल्याएर राखेको भन्दै प्रचारप्रसार गरिएकोप्रति माओवादी केन्द्रले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बाहिरी जिल्लाका युवकहरुलाई पक्राउ गरेको घटनामा आफ्नो पार्टीको कुनै सरोकार नभएको भन्दै माओवादीले यो घटनालाई अतिरञ्जित बनाउन खोजिएको बताएको हो ।

स्थानीय तह निर्वाचनको मुखमा दोलखा प्रहरीले मैनापोखरी बजारबाट बाहिरी जिल्लाका चार जना युवकहरुलाई पक्राउ गरेको छ ।निर्वाचन नजिकिएसँगै बाहिरी जिल्लाबाट मैनापोखरीमा गएर बसेका उनीहरुलाई प्रहरीले आज साँझ नियन्त्रणमा लिएको हो ।भ्रमणका लागि भन्दै आएका उनीहरु हिजोदेखि आफ्नो होटलमा बास बसेको होटल सञ्चालकले बताएका छन् । मैनापोखरी बजारमा रहेको मुना होटल भएको भवनमा नेकपा माओवादी केन्द्रको बैतेश्वरको चुनावि प्रचारप्रसारको कार्यालय पनि रहेको छ । सोही होटलबाट पक्राउ परेका युवकहरुलाई माओवादीले ल्याएर राखेको भन्दै प्रचारप्रसार गरिएकोप्रति माओवादी केन्द्रले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

माओवादी केन्द्रको चुनावि प्रचारप्रसार कार्यालय मुना होटल रहेको भवनमा रहेपनि जिल्ला बाहिरबाट युवक ल्याउने र राख्ने काममा माओवादी केन्द्रको कुनै पनि संलग्नता नरहेको नेकपा माओवादी केन्द्रका नेता एवम् गाउँपालिकाको अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले जानकारी दिनुभयो । माओवादीले वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपुर्ण बनाउन नेकपा माओवादी केन्द्र प्रतिवद्ध रहेको स्पष्ट पारेको छ । विभिन्न राजनितिक दल र समुहका नाममा वैतेश्वरमा जिल्ला वाहिरका युवा भित्र्याउने हर्कतको घोर निन्दा र भत्र्सना गर्दै माओवादीले त्यस्ता व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै प्रहरीले मैनापोखरी बजारबाटै सामुदायिक अभियानमा खटिएका दुई जना कर्मचारीलाई पनि नियनत्रणमा लिएको छ । उनीहरु असुरक्षित रहेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सदरमुकाम चरिकोट ल्याएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न राजनितिक दलले बाहिरी जिल्लाबाट युवाहरु भित्र्याउनेक्रम बढेको छ । प्रहरीले निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि बाहिरी जिल्लाबाट आएका र भित्रन थालेकाहरुलाई नाकाबाट फर्काउन थालेको छ । यसअघि पनि प्रहरीले बाहिरी जिल्लाबाट तामाकोशी गाउँपालिकामा आएका १० जना युवाहरुलाई नियन्त्रणमा लिएर नाका कटाइदिएको थियो भने खरिढुंगा नाका हुँदै चरिकोट भित्रन लागेका चार वटा स्कारपियो सहित ३८ जना मानिसहरुलाई नाकाबाटै फिर्ता पठाइदिएको थियो ।