images
images

जिरीमा एकीकृत समाजवादीको माहोल राम्रो छ, जित हात पार्छाैः खड्का

  • २७ बैशाख २०७९, मंगलवार २१:१७

जिरी (दोलखा) । नेकपा एकीकृत समाजवादी जिरीका नेता मरिज बहादुर खड्काले जिरी नगरपालिकामा एकीकृत समाजवादीको चुनावी माहोल सोचे भन्दा राम्रो रहेको बताउनुभएको छ ।

जिरी एफएमको निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै खड्काले एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पहिलो पटक सहभागीता जनाउने भएपनि जिरीमा आफुहरुको माहोल राम्रो भएको बताउनुभएको हो । जिरीमा एकीकृत समाजवादीले वडा नम्बर ४, ५ र ६ मा वडाध्यक्ष पदमा निर्वाचन लड्दैछ । जसमा वडा नम्बर ५ बाहेक अन्य २ वटा वडामा गठबन्धन कायम रहेको छ । एमालेबाट केही समय अघि मात्रै विद्रोह गरेर बनेको पार्टी एकीकृत समाजवादी भएकाले आफुहरु फरक ढंगले अघि बढिरहेको खड्काको भनाई छ ।

नेपाली काँंग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट जिरी नगरपालिका वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार बनेका खड्काले कुनै किसिमको लोभ, लालच र भ्रष्टाचार रहित तरिकाले जनताको सेवा गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको बताउनुभयो । आफु निर्वाचनबाट धेरै मत प्राप्त गरी विजयी हुने खड्काको विश्वास छ ।