काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् ।
संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीेले रायमाझीले रायमाझीले बिरामी भएको पत्र पठाएको बताउनुभयो । एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले आजै निलम्बन गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधवार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।