images
images

मन्थली नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

  • २७ बैशाख २०८०, बुधबार २१:०४

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

आज बेलुकी करिब साँढे ६ बजे जिल्लाको मन्थली नगरपालिका–४ सालु गैराथोकस्थित भक्त बहादुर बलमपाखीको छोरी १० वर्षीया महन कुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको हो । घरमा केही नभएको अवस्थामा सिञ्चाईको लागि बनाएको पोखरीमा डुबेकी बालिकालाई गम्भीर अवस्थामा निकालेर मन्थली अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक दिलीप कुमार थापाले जानकारी दिनुभयो ।