काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैँया सहित पक्राउ परेका दुई युवकको पहिचान खुलेको छ ।
काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका दुई जना युवकको पहिचान खुलेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक र मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार रहेका छन् । मिलन भने दोलखाबाट बरामद भएको ११ तोला सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । दोलखाबाट बरामद गरिएको साढे ११ किलो सुन तस्करीमा मिलनको संलग्नता देखिएको हो ।
अनुसन्धानबाट उनको संलग्नता खुलेपछि फरार अभियुक्त कायम गरेर अदालतमा मुद्दा पेस गरिएको थियो । मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।



हाम्रो अपडेट 






