
भारत र पाकिस्तानबीच बढ्दो तनाव र युद्धको अन्त्यका लागि चिनले मध्यस्थता गर्ने भएको छ ।
क्षेत्रीय शान्तिमा असर पर्ने भन्दै चीनले दुवै पक्षलाई संयमित बन्न आग्रह गर्दै समस्या समाधान गर्नका लागि बेइजिङ रचनात्मक भूमिका खेल्न तयार रहेको स्पष्ट पारेको हो । चीनियाँ विदेश मन्त्रालयले आज वक्तव्य जारी गर्दै चीनले दुवै देशलाई शान्ति र स्थायित्वलाई प्राथमिकता दिन आग्रह गरेको छ । शान्तिपूर्ण राजनीतिक संवादबाट अहिलेको तनाव अन्त्य गर्न सकिने चीनले बताएको छ । थप क्षति हुन नदिन चीनले पहल लिन सक्ने जनाएको छ ।
यो क्षेत्रका सबैभन्दा महत्वपूर्ण शक्ति र विश्व अर्थतन्त्रको दोस्रो ठूलो महाशक्ति भएकाले चीनको भूमिका अर्थपूर्ण हुनेछ । चीनले भारतले शुरुमा गरेको आक्रमणलाई निन्दनीय भनेको थियो । भारत र पाकिस्तान दुवैसँग चीनको सीमा जोडिएको छ ।