काठमाडौँ । जाजरकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
जिल्लाको जुनिचाँदे गाउँपालिका वडा नम्बर ५ नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी स्थानीय दर्शन शाही, पुतला गिरी र कालिका शाहीको मृत्यु भएको हो । जुनिचाँदे गाउँपालिका वडा नम्बर ५ बलेबलबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप बलेपुइनमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएकामध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको छ । घाईतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनामा परी घाईते भएकाहरुको हेलिकोप्टरमार्फत् उद्धार गर्न निर्देशन दिनुभएको छ ।










