images
images

भारतका राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेटवार्ता

  • २८ जेष्ठ २०८१, सोमबार १२:५०

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल भारतबीच सदियौँदेखि रहीआएको आपसी सम्बन्ध र द्धिपक्षयि हितका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड हिजो साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिँर्दै उहाँको आगामी कार्यकालमा कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाईँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड हिजो साँझ राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आईतवार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ आज स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ