images
images

भीमेश्वर –५ स्थित चर्नावती खोलामा युवकको शव फेला

  • २८ जेष्ठ २०८१, सोमबार १५:२०

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ मा एक युवक मृत फेला परेका छन् ।

भीमेश्वर नगरपालिका ५ स्थित चर्नावती खोलाको खड्कुले दहमा सोही स्थानकै अन्दाजी ३१ वर्षीय राजु बस्नेत मृत फेला परेका हुन् । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पुष्टि गर्नुभयो । उहाँका अनुसार उनी हिजो खोलामा पौडी खेल्न भनी गएका थिए ।

आज परिवारजनले खोजीकार्य गर्ने क्रममा खोलामा उतानो परेको अवस्थामा शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भैरहेकोे छ ।