
सिन्धुली । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सिन्धुलीका दुई पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतानलाई प्रहरीले प्रक्राउ गरेको हो । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहराजडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका थिए । बालिकाहरुलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त गेस्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।