images
images

बाढी पहिरोले ३० मेगावाटको खानीखोला जलबिधुत आयोजनाको ड्याम साईडमा क्षति

  • २६ असार २०८१, बुधबार १४:२६

दोलखा । गयराती आएको बाढी पहिरोले दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ३० मेघावाट क्षमताको खानीखोला जलबिद्युत आयोजनाको हेड वक्र्समा क्षति पुर्याएको छ ।

गौरीशंकर गाउँपालिका ७ मार्बुमा रहेको खानीखोला जलबिद्युत आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी लगायतका हेडवक्र्समा क्षति पुगेको हो । बाढीले खानीखोलाका कतिपय संरचना भत्काईदिएको छ भने केही संरचना पुरेको छ । बाढीले हेडवक्र्समा ठुलो क्षति पु¥याएपछि आगामी दशैँमा बिद्युत उत्पादन गर्ने लक्ष्य पुरा नहुने अवस्था पैदा भएको आयोजनाका डेपुटी मेनेजर छिरिङ शेर्पाले जानकारी दिनुभयो । बाढी पहिरोले करोडौँको क्षति भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

सासा हाईड्रोपावरले निर्माण गरिरहेको ३० मेघावाटको खानीखोला आयोजनाको ९५ प्रतिशत काम पुरा भैसकेको थियो । आयोजनाले दशैँबाट बिद्युत उत्पादन गर्ने तयारी गरिरहेका बेला बाढीले क्षति पु¥याएको हो । भारी वर्षापछि मध्यरातमा पहिरोले खोला थुनिएपछि बाढी आएको बताईएको छ ।

यसैबीच, बाढी पहिरोका कारण गौरीशंकर गाउँपालिकाको चंखु र मार्बु जोड्ने सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको स्थानीय दिनेश गुरुङले जानकारी दिन्भयो ।
बाढी पहिरोका कारण गौरीशंकर गाउँपालिकाकोे चंखु, मार्बु र गौरीशंकरमा टेलिफोन सम्पर्क समेत विच्छेद भएको स्थानीयले बताएका छन् ।