दोलखा । दोलखा सदरमुकाम चरिकोटमा लगातारको वर्षाले एक घर भत्किएको छ ।
बर्षासँगै गयराती आएको पहिरोले भीमेश्वर नगरपालिका–६ का फुर्साङ तामाङको पक्की घरमा क्षति पुगेको हो । तामाङको परिवार काठमाडौँ बस्दै आएकाले पहिरोले अन्य क्षति भने नपु¥याएको दोलखाका प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले जानकारी दिनुभयो । पहिरोको जोखिम बढेपछि घरमा रहेको सबै सामान पहिले नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । भिरालो स्थानमा रहेको घर लगातारको वर्षापछि भत्किएको हो ।