images
images

६० किलो सुन तस्करी प्रकरणः १६ जना पुर्पक्षका लागि थुनामा, काभ्रेपलाञ्चोकका लामालाई ९६ लाख धरौटी

  • २६ असार २०८१, बुधबार १९:५०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा १६ जना पुर्पक्षका लागि थुनामा गएका छन् भने काभ्रेपलाञ्चोकका थर्कमान लामासहित ३ जनालाई धरौटी तोकिएको छ ।

सुन तस्करी प्रकरणको दोस्रो चरणको अभियोगमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । न्यायाधीश कपिलमणी गौतमको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले एकसाता लामो सुनुवाईपछि काभ्रेपलाञ्चोकका थर्कमान लामासँग ९६ लाख धरौटी माग गरेको छ । यस्तै, प्रेमनाथ सेढाईसँग ५७ लाख र रुपन भण्डारीसँग ९६ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ । सुन प्रकरणको दोस्रो चरणको मुद्धामा ६० जनालाई प्रतिवादी बनाएर मुद्धा दायर भएको थियो ।

जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेकाहरु पनि छन् । उनीहरु विरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ परेकाहरुलाई भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो।