जिरी(दोलखा) । एसईई परिक्षामा दोलखा जिल्लामा प्रथम भएकी छात्राले टेक्सस कलेजमा छात्रवृत्ति ‘स्कलरसिप’ पाएकी छिन् ।
जिरी नगरपालिका–४ रातमाटेकी रमिला जिरेलले टेक्सस इन्टरनेशनल कलेजमा ‘स्कलरसिप’मा उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएकी छन् । उनी काठमाडौंको मित्रपार्क चावहिलस्थित उक्त कलेजमा विशेष छुटसहित कक्षा ११ मा भर्ना भएकी छन् । व्यवस्थापन संकायबाट उच्च शिक्षा अध्ययन गर्न लागेकी रमिलालाई कलेजले विशेष छुट दिएको टेक्सस कलेजका प्रमोशन म्यानेजर एवम् आइटी शिक्षक प्रविण खड्काले जानकारी दिनुभयो । जिरीस्थित सरस्वती सामुदायिक विद्यालयबाट एसईई परिक्षा दिएकी ती छात्राले यो वर्षको एसईई परीक्षामा जिल्लाभरबाट सबैभन्दा बढी ३ दशमलव ९१ जिपिए प्राप्त गरेकी थिइन् । टेक्सस कलेज उच्च शिक्षाको लागि धेरै विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ । उनी कलेजकै विशेष आग्रहमा टेक्सस पुगेकी हुन् ।
टेक्सस कलेजमा प्लस टु मा साइन्स (Science), व्यवस्थापन (Management), मानविकी (Humanities ) र कानुन (law ) मा पढाई हुने गरेको छ । उक्त कलेजले हाल एइईई उत्तिर्णगरी बसेका विद्यार्थीहरुको धमाधम भर्ना लिइरहेको छ ।