images
images

स्थानीय निर्वाचनमा क्षेति भोगेको दोलखा एमाले संगठन सुदृढिकरण अभियान लिएर गाउँ–गाउँमा

दोलखा । स्थानीय तहको निर्वाचनमा पराजय भोगेको नेकपा एमाले दोलखाले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर जिल्लाभर संगठन शुद्धिकरण तथा सुदृढिकरण अभियान चलाएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लामा ठूलो पराजय व्यहोरेको दोलखा एमाले आगामि निर्वाचनमा त्यसको क्षतिपूर्ति लिन संगठन शुद्धिकरण र सुदृढिकरण अभियान मार्फत् गाउँ–गाउँमा पुगेको हो । पार्टीभित्र आन्तरिक छलफललाई तीब्र बनाएको एमालेले साउन महिनामा मात्रै जिल्ला कमिटी बैठक र जिल्ला स्तरीय बृहत प्रशिक्षण भेला सम्पन्न गरिसकेको छ । यही साउन २ र ३ गते दुई दिन चलेको जिल्ला कमिटीको पाचौं पूर्ण बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै पार्टी शुद्धीकरण र सुदृढिकरणको योजनामार्फत् गाउँ अभियानलाई तीब्र बनाएको हो । पार्टी सुद्धिकरण तथा सुदृढिकरण अभियान भदौ १५ गते सकिने छ ।

बैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बसेको एमाले जिल्ला कमिटीको पूर्ण बैठकले निर्वाचनको गम्भिर समिक्षा गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनमा पार्टीभित्रबाटै भएको अन्तरघातले ठूलो पराजय भोग्नुपरेको निश्कर्ष निकालेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ पालिकामा प्रमुख र उपप्रमुख तथा ७४ वडा मध्ये अधिकाँश वडामा बिजयी भएको एमाले गत स्थानीय तह निर्वाचनमा दुई पालिका प्रमुख र ५ वटा पालिकामा उपप्रमुखमा सिमित भएको छ । एमालेले निर्वाचनमा भएको अन्तरघातको छानविन गर्न उपसचिब धर्मेन्द्र मोक्तानको संयोजकत्वमा छानविन कार्यदल समेत गठन गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पराजय भोगेको नेकपा एमाले दोलखाले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर जिल्लाभर संगठन शुद्धिकरण तथा सुदृढिकरण अभियान चलाएको छ । यही साउन २ र ३ गते दुई दिन चलेको जिल्ला कमिटीको पाचौं पूर्ण बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै पार्टी शुद्धीकरण र सुदृढिकरणको योजनामार्फत् गाउँ अभियानलाई तीब्र बनाएको हो । पार्टी सुद्धिकरण तथा सुदृढिकरण अभियान भदौ १५ गते सकिने छ ।

नेकपा एमाले दोलखाका उपाध्यक्ष एबम् प्रचार बिभाग प्रमुख राजेन्द्र मानन्धरले पार्टीभित्र मौलाएको गलत प्रबृत्तिको अन्त्य गर्न र पार्टीलाई थप सुदृढ बनाएर लैजानका लागि पार्टी शुद्धिकरण तथा सुदृढिकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । सो अभियान अन्तर्गत पार्टी सदस्यता नविकरणका साथै पार्टीभित्रका संगठित सदस्यहरुमा समेत शुद्धता ल्याउने उद्धेश्य रहेको उपाध्यक्ष मानन्धरले बताउनुभयो । उहाँका अनुसार एमाले दोलखाले वडातहसम्म प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । जसअनुसार जिल्लाका ९ वटै पालिकामा जिल्लास्तरीय नेताहरुलाई संयोजक र वागमती प्रदेश कमिटि स्तरीय नेताहरुलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

संयोजक र सहजकर्ताले पालिकाका जनबर्गिय संगठनहरुसँग छलफल गर्ने र आगामी योजना बनाउने छन् । साथै पार्टीभित्रका संगठित सदस्यहरु, पालिका र वडा पार्टी कमिटीका पदाधिकारीका साथै पार्टीमा आबद्ध नेता कार्यकर्ताहरुलाई वडातहमै प्रशिक्षण दिने कार्यक्रम रहेको उपाध्यक्ष मानन्धरले जानकारी दिनुभयो । यस्तै, संगठन शुद्धिकरण अभियान अन्तर्गत तल्लो तहसम्म यसअघि गाउँ÷वडा अधिबेशनबाट छानिएका कमिटी पुर्नगठन पनि हुनसक्ने नेकपा एमाले दोलखाले जनाएको छ ।

एमाले दोलखाले साउन १४ गते पालिका तथा वडा कमिटीको प्रशिक्षण भेला पनि सम्पन्न गरिसकेको छ । भेलामा पार्टी उपमहासचिब बिष्णु रिमाल, पोलिट्व्युरो सदस्य आनन्दप्रसाद पोखरेल, बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।