काठमाडौँ । पूर्ब राज्यमन्त्री एबम् नेकपा माओवादी केन्द्रकी नेतृ देबी खड्काले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) बिधेयकले पीडितको घाउमा मलहम लगाउने काम गरेको बताउनुभएको छ ।
राजधानीमा आज आयोजित टीआरसी बिधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्धन्द्ध पीडितहरुको सहभागिता बिषयक अन्तरक्रियामा बोल्दै नेतृ खड्काले बिधेयक पीडित मैत्री भएको बताउनुभएको हो । उहाँले राजनीतिक रुपमा सहमति भएर अघि बढेको बिधेयकले समाज परिवर्तनको प्रक्रियामा ईट्टा थप्ने काम गरेको बताउनुभयो ।
नेतृ खड्काले आफुहरु टीआरसी सम्बन्धी बिधेयक अगाडि बढाउन लामो समयदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै अब द्धन्द्धपीडित महिलाहरुले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।