काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्यटन प्रवद्धधर्नका लागि लगानी गर्ने बताउनुभएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले आफुहरु पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि तयार रहेको बताउनुभएको हो । उहाँले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको समेत उल्लेख गर्नुभयो । पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
मुख्यमन्त्री लामाले विदेशी पर्यटकहरु नेपाल आउने भएकाले चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा प्रदेश सरकारले काम गर्ने दावी गर्नुभयो ।