images
images

जनहित बहुदेश्यीय सहकारी संस्थाको ऋण लगानी ३१ करोड

  • २५ भाद्र २०७९, शनिबार १८:१७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका ३ स्थित जनहित बहुदेश्यीय सहकारी संस्था लिमिटेडले ३१ करोड भन्दा बढी ऋण लगानी गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ सम्मको अवधिमा जनहित बहुदेश्यीय सहकारीले कुल ३१ करोड ६९ लाख ६ हजार ऋण लगानी गरेको हो । दोलखा सदरमुकाम चरिकोटमा आज आयोजित संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कोषाध्यक्ष रामबहादुर ओलीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार शेयर पुँजी ३६ करोड ६७ हजार एक सय रुपैँया रहेको सहकारी संस्थाको खुद बचत ७९ लाख ८१ हजार १ सय ५६ रुपैँया रहेको छ । जनहित बहुदेश्यीय सहकारी संस्थाको कुल सम्पति ३८ करोड ३५ लाख ४ हजार रुपैँया रहेको छ । सो सहकारी संस्थामा २ हजार ९ सय २७ जना सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको साधारण सभाको भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले उद्धघाटन गर्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थाका सचिव श्यामकृष्ण कायस्थले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संस्थाका जेष्ठ शेयर सदस्य, नियमित बालबचतकर्ता, उत्कृष्ट ऋणि लगायतलाई सम्मान गरिएको थियो ।