images
images

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • २५ भाद्र २०७९, शनिबार १९:४१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौति नगरपालिका वडा नम्बर १० खोपासिका ३९ वर्षिय ईश्वर गुराँगाइको आज करेन्ट लागेर मृत्यु भएको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित पधेराचौरमा विद्युत ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लागेर गुराँगाई गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा पु¥याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक पुरुषको शव हाल धुलिखेल अस्पतालमै राखिएको छ । विद्युतको ट्रान्सफर्मर विग्रिएपछि उनलाई विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीका रुपमा सो स्थानमा पठाएको बताइएको छ ।