images
images

शिक्षक कल्याण साकोसको कुल पुँजी ३० करोड नाघ्यो

  • २५ भाद्र २०७९, शनिबार १९:५७

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिडेटको कुल पुँजी ३० करोड नाघेको छ ।

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७८/०७९ मा कुल पुँजी ३० करोड ११ लाख पुगेको जानकारी गराएको हो । ८७ लाख ८९ हजार रुपैँया मुनाफा आर्जन गरेको साकोसको शेयर पुँजी २ करोड ५८ लाख पुगेको छ । जगेडा कोष २ करोड ६८ लाख रुपैयाँ रहेको साकोसको बचत २३ करोड पुगेको शिक्षक कल्याण साकोसका अध्यक्ष ताराप्रसाद पन्तले जानकारी दिनुभयो ।यस्तै, संस्थाले १ करोड ५६ लाख रुपैयाँ वित्तिय खर्च गरेको छ भने साकोसले २३ करोड ऋण लगानी गरेको छ ।

साकोसमा १ हजार ६ सय ६९ जना सदस्य रहेका छन् । संस्थाले सेयर सदस्यहरुलाई १४ प्रतिशत सेयर बोनस बाड्ने निर्णय पनि गरेको छ । संस्थाको साधारणसभा जिल्लाका ८ स्थानमा आज एकैदिन सम्पन्न भएको हो ।सदरमुकाम चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, मालु, भेड्पु र मागदेउरालीमा आज एकैदिन क्षेत्रगत रुपमा साधारणसभा सम्पन्न भएको हो । सदरमुकाम चरिकोटमा आयोजित साधारणसभामा संस्थाका कोषाध्यक्ष पदम खरेलले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव भगवान बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।