images
images

कोसीका पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाट उठाइयो, प्रहरीले उनकै निवासमा छोड्ने

  • २५ भाद्र २०८१, मंगलवार २१:०६

काठमाडौं । प्रदेशसभा सचिवालयमै आमरण अनशन बसेका कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ परेका छन् ।

प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई अनसनस्थलबाटै पक्राउ गरेको हो । उनीसँगै अन्य ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । पूर्वमुख्यमन्त्री कार्कीलाई उनकै निवास मोरङ बुढीगंगा छोड्ने प्रहरीले मोरङ प्रहरीले जनाएको छ । आज अपराहन्न देखि कार्कीले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपटिटको वनस्खण्डीमन्दिर अगाडी अनशन थालेका थिए ।

कोशी प्रदेश सरकारले १० वर्ष मुनिका बालबालीकाको निशुल्क उपचारको लागी कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिईने छात्रावृत्रि हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्बासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदी विषयमा विरोध गर्दै उनले अनशन सुरु गरेका हुन् ।