कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् ।
जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर पाएपछि प्रहरी घटनास्थल गएको र थप विवरण आउन बाँकी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।
यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले स्थानीय विद्यालयमा बसिरहेका छन् ।










