images
images

रामेछापमा गठबन्धनका उम्मेदवारलाई ५१ किलोको माला

  • २४ कार्तिक २०७९, बिहीबार ०८:१६

जिरी (दोलखा) । चुनावी अभियानको क्रममा रामेछापमा गठबन्धनका उम्मेदवारलाई स्थानीयले ५१ किलोको माला लगाएर सम्मान गरेका छन् ।

जिल्लाको सुनापति गाउँपालिका २ दिमिपोखरीमा गठबन्धन दलका उम्मेदवारहरुलाई स्थानीयले १६५ मिटर लम्बाईको ५१ किलोको माला लगाएर सम्मान गरेका हुन् । चुनावी सभा र घरदैलो अभियानमा रहेका गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका कांग्रेस रामेछापका जिल्ला सभापति पूर्ण बहादुर तामाङ र प्रदेशसभा ‘ख’ का उम्मेदवार माओवादी नेता युवराज चौलागाईलाई स्थानीय तथा कार्यकर्ताहरुले गलामा अड्याउनै नसकिनेगरी माला लगाइदिएर स्वागत गरेका छन् ।

सुनापति २ का स्थानीयले भोट माग्न गाउँ–गाउँमा पुगेका सत्ता गठबन्धनका ती उम्मेदवारहरुलाई गलाभरी माला लगाएर चुनावी प्रतिबद्धता पूरा गर्न माग गरेका छन् ।