images
images

पालिकामा उम्मेदवार बनिसकेका तीन नेतावीच प्रदेश सभाका लागि यसरी हुँदैछ प्रतिश्पर्धा

दोलखा । आसन्न निर्वाचनमा दोलखाको स्थानीय तहमा यसअघि निर्वाचित भएका र पराजित भएका उम्मेदवार बीचको रोचक प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर ४ गते हुने आमनिर्वाचनमा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएका दुई जना र पराजित भएका एक जना उम्मेदवारबीच रोचक प्रतिश्पर्धा हुने भएको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसअघि स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा बिजयी भएका दुई र पराजित भएका एक सहित तीन उम्मेदवारले उम्मेदवारी दिएका हुन् । जसअनुसार स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिकाबाट बिजयी भएका भरत केसी एमालेवाट प्रदेशसभा २ मा, मेलुङ गाउँपालिकामा बिजयी भएका नरबहादुर श्रेष्ठ एमालेवाट प्रदेशसभा १ मा र श्रेष्ठसँग पराजित बर्मा लामा बाम–लोकतान्त्रिक गठबन्धनवाट प्रदेशसभा २ उम्मेदवार बनेका छन् । उम्मेदवार श्रेष्ठ एमाले जिल्ला अध्यक्ष हुन् भने अर्का उम्मेदवार लामा नेपाली कांग्रेस दोलखाका सभापति हुन् । २०७४ सालको बैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका ३ जना उम्मेदवार वीच प्रदेशसभा सदस्यका लागि हुने रोचक प्रतिश्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

आसन्न निर्वाचनमा दोलखाको स्थानीय तहमा यसअघि निर्वाचित भएका र पराजित भएका उम्मेदवार बीचको रोचक प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिकाबाट बिजयी भएका भरत केसी एमालेवाट प्रदेशसभा २ मा, मेलुङ गाउँपालिकामा बिजयी भएका नरबहादुर श्रेष्ठ एमालेवाट प्रदेशसभा १ मा र श्रेष्ठसँग पराजित बर्मा लामा बाम–लोकतान्त्रिक गठबन्धनवाट प्रदेशसभा २ उम्मेदवार बनेका छन् ।२०७४ सालको बैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका ३ जना उम्मेदवार वीच प्रदेशसभा सदस्यका लागि हुने रोचक प्रतिश्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिकाको अध्यक्ष पदका नेता लामा र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । श्रेष्ठ नेकपा एमालेको तर्फबाट एक्लै चुनावी मैदानमा उत्रिएका थिए भने लामा कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलका साझा उम्मेदवार बनेका थिए । उनीहरु वीच पालिका प्रमुखमा निकै कडा प्रतिश्पर्धा भएको थियो । सो निर्वाचनमा मेलुङ गाउँपालिकाको पवटीमा प्रहरीको गोली लागेर स्थानीय एक पुरुषको मृत्यु भएको थियो भने दर्जनौं घाईते भएका थिए । पवटी मतदान केन्द्रमा मतपेटिका कब्जा गर्ने प्रयास भएको भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि पवटीको निर्वाचन स्थगित भएर दोस्रो पटक २०७४ जेठ ७ गते पुन निर्वाचन भएको थियो । सो प्रतिश्पर्धामा श्रेष्ठले ४ हजार ४ सय ७५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कंग्रेसका वर्मा लामाले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए । श्रेष्ठ लामालाई ८९ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पाँच बर्ष अघि पालिका प्रमुखमा उम्मेदवार बनेका लामा र श्रेष्ठ एकैसाथ प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । यद्धपि श्रेष्ठले प्रदेशसभा १ र लामाले प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवार लामाको यो पटक एमाले उम्मेदवार भरत केसीसँग प्रदेशसभा २ मा प्रतिश्पर्धा हुँदैछ । कांग्रेस नेता लामा २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा १ वाट उम्मेदवार बनेर पराजित भएका थिए । तत्कालिन निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच बाम गठबन्धन भएको थियो । सो गठबन्धनवाट उम्मेदवार बनेका माओवादी केन्द्रका युवा नेता विशाल खड्काले कांग्रेसका उम्मेदवारलाई १५ हजार ३ सय ९४ मतान्तरले पराजित गरेका थिए । खड्का २८ हजार ३ सय ५० मत ल्याएर विजयी भएका थिए भने उनका निकट्तम प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९ सय ५६ मत पाएका थिए ।

संघीयता कार्यान्वयपछि दोश्रो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने गठबन्धनको स्वरुप बदलिएको छ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका गंगा कार्की र एमालेवाट उम्मेदवार बनेका बालकृष्ण शिवाकोटी दुवै नयाँ अनुहार हुन् । यस्तै गठबन्धनवाटै प्रदेशसभा १ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले पनि पहिलो पटक चुनावी मैदानमा छन् ।

संघीयता कार्यान्वयपछि दोश्रो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने गठबन्धनको स्वरुप बदलिएको छ । संघियता पछिको पहिलो निर्वाचनमा गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र वीचको बाम गठबन्धन अहिले भत्किएको छ । कांग्रेस जिल्ला सभापति बर्मा लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरुको बाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका छन् । उनको प्रतिश्पर्धा अव एमालेका उम्मेदवार केसीसँग हुनेछ । स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिकाका नगर प्रमुखमा विजयी भएका नेकपा एमालेका नेता भरत केसीले प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । एमालेवाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका श्रेष्ठ र केसी पहिलो पटक प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनको साझा उम्मेदवार बनेका गंगा कार्की र एमालेवाट उम्मेदवार बनेका बालकृष्ण शिवाकोटी दुवै नयाँ अनुहार हुन् । यस्तै गठबन्धनवाटै प्रदेशसभा १ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले पनि पहिलो पटक चुनावी मैदानमा छन् ।