काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत आगामी मंसिर १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक माग गरेको छ । प्राधिकरणले ३ जना उपप्रवन्धक, सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
यस्तै, विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरिएको छ ।











