
काठमाडौँ । चालु आर्थिक वर्षको असोज महिना रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ ।
आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको हालसम्मकै उच्च रकम हो । चालु आर्थिक वर्षको भदौ महिनासम्म २ खर्ब २८ अर्ब रुपैयाँ रमिट्यान्स भित्रिएकोमा असोजसम्म यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ ।