images
images

यी हुन् माओवादीबाट समानुपातिकमा परेका सांसद (सुची सहित)

  • २४ मंसिर २०७९, शनिबार १७:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि १४ जना सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले १४ जना सांसदमध्य १२ जना महिला र दुई जना पुरुष सांसद छानेको हो । माओवादी केन्द्रले आदिवासी महिलातर्फ दुर्गा राई, मिना तमाङ, उर्मिला माझिा पौडेल र छिरिङ ल्यामु लामा तमाङलाई छनोट गरेको छ । खसआर्यतर्फ हितराज पाण्डे, खसआर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायण शर्मा, थारु महिलातर्फ रुपा सोसी चौधरी, दलित पुरुषतर्फ रणेन्द्र बराईली, दलित महिलातर्फ सुशिला श्रीमपाली ठकुरी, मधेशी महिलातर्फ मिना यादव र उमरावती देवी यादव तथा मुस्लिम महिलातर्फ कल्पना मियाँलाई छनोट गरेको छ ।