images
images

नेकपा एमालेले प्रतिनिधिसभामा ३४ समानुपातिक सांसद छान्यो, दोलखाबाट इश्वरबहादुर रिजाल

  • २४ मंसिर २०७९, शनिबार १७:२२

जिरी (दोलखा) ।  नेकपा एमालेले प्रतिनिधि सभाका समानुपातिकमा ३४ जना सांसद छानेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले २२ महिला र १२ पुरुष गरी ३४ जना प्रतिनिधि सभाका समानुपातिक सांसद छानेको हो । जसमा दोलखाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ इश्वरबहादुर रिजाललाई सांसद बनाएको छ । उनलाई दलित पुरुषतर्फबाट सांसदमा सिफारिस गरिएको हो । यस्तै, आदिवासी जनजातितर्फ पुरुष ३ जना परेका छन् । जसमा वागलुगबाट देवीप्रसाद भट्टचन, भोजपुरबाट हेमराज राई र झापाबाट कालुराम राई रहेका छन् । यसैगरी नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् । खसआर्यतर्फ ११ जनामा तीन जना पुरुष परेका छन् । रघुजीपन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् ।

यस्तै महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली बर्दिया,बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया दीपा शर्मा र सुनिता बराल रहेका छन् । थारुतर्फ आश्माकुमार चौधरी र शान्ता चौधरी रहेका छन् । दलिततर्फ ५ जनामा महिला २ र पुरुष ३ रहेका छन् । पुरुषमा इश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्र विक रहेका छन् । यो क्लस्टरमा महिलातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन् । मधेसीतर्फ गंगा प्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन् । मुस्लिमतर्फ सराज अहमद फारुकी रहेका छन् ।