images
images

नेकपा एमालेले बागमती प्रदेशमा दोलखाका दुई सहित समानुपातिकमा १४ सांसदको नाम टुङग्यायो

  • २४ मंसिर २०७९, शनिबार १७:३९

जिरी (दोलखा) । नेकपा एमालेले बागमती प्रदेशमा दोलखाका दुई सहित समानुपातिकमा १४ सांसदको नाम टुंगो लगाएको छ ।

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । आज बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन् । जसअनुसार आदिवासी जनजाति पुरुषतर्फ अल्पसंख्यकबाट दोलखाका ठुला थामी र आदिवासी जनजाति महिलातर्फ उर्मिला सुनुवार पनि परेका छन् । एमालेले सातै प्रदेशका गरी ७० जना समानुपातिक सांसद सिफारिस गर्दा बागमती प्रदेशको पनि १४ जना छनौटमा परेका छन् ।

सांसदमा सिफारिस भएकाहरुको सुचीः

खसआर्य महिला
भारती पाठक, मकवानपुर
अप्सरा चापागाईँ घिमिरे, ललितपुर
मायाकुमारी कार्की, रामेछाप
खसआर्य पुरुष
डा. दिनेशचन्द्र देवकोटा, गोरखा
हरिप्रसाद सापकोटा, चितवन
आदिवासी जनजाति महिला
उर्मिला सुनुवार दोलखा (अल्पसंख्यक)
विन्दु श्रेष्ठ, काठमाडौं
माइली तामाङ, सिन्धुपाल्चोक
सुकमाया तामाङ, सिन्धुली
सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर
आदिवासी जनजाति पुरुष
ठूला थामी, दोलखा (अल्पसंख्यक)
आनन्दकुमार श्रेष्ठ, रामेछाप
ज्ञानबहादुर तामाङ, काठमाडौं
दलित
बालकुमारी विश्वकर्मा, चितवन