images
images

प्रदेशतर्फ नेकपा एकिकृत समाजवादीका ९ जना समानुपातिक सांसद (नामावली सहित)

  • २४ मंसिर २०७९, शनिबार १८:२६

नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ ।

आज बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिनुभयो । जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइन, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ ।

वागमती प्रदेशबाट आदीवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ र खस आर्यबाट मायादेवी शर्मालाई छनोट गरिएको छ । लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।