काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आज पदबाट राजीनामा दिनुभएको हो । राजीनामा दिनुको कारण भने खुल्न सकेको छैन । उहाँले मंसिर २० गते नै राजीनामा दिएपनि प्रधानमन्त्री प्रचण्डले हालसम्म स्वीकृत भने गनुभएको छैन । सल्लाहकारबाट राजीनामा दिएका गजुरेलले स्वीकृत भएपछि मात्रै सबै कुरा खुलाउने बताउनुभएको छ । गत मंसिरमा सम्पन्न भएको आम निर्वाचनमा गजुरेलले सिन्धुलीबाट आकांक्षा राख्नुभएको थियो । तर उहाँले प्रतिनिधिसभाको टिकट पाउनुभएको थिएन् । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको थियो ।










