images
images

मोटरसाईकल दुर्घटनामा जिरी–७ का पूर्ववडाध्यक्ष शेर्पा घाइते, हेलिकोप्टर मार्फत काठमाडौं लगियो

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिका–७ का निवर्तमान वडाध्यक्ष डुके शेर्पा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् ।

जिरी नगरपालिका–७ स्थित माथिल्लो सिक्री नजिकै भित्री सडकखण्डमा मोटरसाईक दुर्घटना हुँदा शेर्पा घाइते भएका हुन् । विहान करिब ८ बजे दुर्घटनामा घाइते भएका उनको जिरी अस्पतालमा सामान्य उपचारपछि भर्खरै हेलिकोप्टर मार्फत काठमाडौं रिफर गरिएको हो । उनलाई उपचारका लागि काठमाडौंको ह्याम अस्पतालमा पठाइएको छ ।

उनी आफैले चलाएको बागमती प्रदेश ०२०१७ प ९६३६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।