images
images

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

  • २७ पुष २०७८, मंगलवार ०४:०३

काठमाडौं । अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यरोपण भएको छ ।

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापुर्वक प्रत्यरोपण गरिएको बीबीसीले जनाएको छ । मुटु प्रत्योरोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यरोपणपछि बनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ । यद्धपि सुँगुरको मुटु प्रत्यरोपण गरिएका उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइनसकेको बताइएको छ ।