images
images

चरिकोट अस्पतालमा ७ महिना ढिलोगरी अक्सिजन प्लान्ट जडान, ८३ लाख खर्च

दोलखा । नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट फैलिईरहेका बेला दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालमा बल्ल अक्सिजन प्लान्ट जडान भएको छ ।

कोरोनाको दोश्रो लहरमा अक्सिजन अभावकै कारण मानिसको मृत्यु हुन थालेपछि तत्काल अक्सिजन प्लान्ट जडान गर्नकालागि सरकारले बजेट बिनियोजन गरेको थियो । गत जेठ महिनामै चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान भईसक्नु पर्ने भएपनि ७ महिना ढिलोगरी बल्ल जडान भएको हो । दोस्रो लहरमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएर अक्सिजन अभाव भएपछि सरकारले गत जेठ महिनामै तत्काल अक्सिजन प्लान्ट जडान गर्न भनेको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले सोमवार चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी परिक्षण गरिएको बताउनुभयो ।

जिल्लाको प्रादेशिक अस्पतालको रुपमा सञ्चालित चरिकोट अस्पतालमा संघीय र प्रदेश सरकारले उपलव्ध गराएको बजेटवाट गत बर्षको जेठमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको थियो । भीमेश्वर नगरपालिकाले गत जेठमा १५ दिनभित्रै जडान गर्ने भनेको अक्सिजन प्लान्ट ७ महिनापछि जडान भएपनि कहिलेबाट पुर्ण रुपमा सञ्चालनमा आउँछ भन्ने अझै एकिन छैन ।

अक्सिजन प्लान्ट जडान गरिए पनि अझै सञ्चालनमा भने आइसकेको छैन । प्लान्ट परिक्षणको काम भइरहेको चरिकोट अस्पतालका सुचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्टको परिक्षणका लागि सोमवार पनि काठमाडौंबाट चिकित्सक सहितको टोली आएको छ । जिल्लाको प्रादेशिक अस्पतालको रुपमा सञ्चालित चरिकोट अस्पतालमा संघीय र प्रदेश सरकारले उपलव्ध गराएको बजेटवाट गत बर्षको जेठमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको थियो । भीमेश्वर नगरपालिकाले गत जेठमा १५ दिनभित्रै जडान गर्ने भनेको अक्सिजन प्लान्ट ७ महिनापछि जडान भएपनि कहिलेबाट पुर्ण रुपमा सञ्चालनमा आउँछ भन्ने अझै एकिन छैन ।

एक सय केभीए क्षमतामा विद्युतको ट्रान्सफरर्मर जडान भएसँगै अक्सिजन प्लान्ट परिक्षणको काम सुरु भएको हो । यसअघि चरिकोट अस्पतालमा २५ केभी क्षमताको मात्रै ट्रान्सफर्मर भएकाले अक्सिजन प्लान्ट मेसिन आएपनि जडान हुन सकेको थिएन । अक्सिजन प्लान्ट सञ्चालनका लागि कम्तीमा १ सय केभीए विद्युत आवश्यक पर्नेछ । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामै अक्सिजन सिलिण्डर रिफिल गर्न सकिनेछ भने आईसियु सेवा दिन र भेन्टिलेटर राख्न समेत सहज हुनेछ ।

यस्तै कोरोना संक्रमित वा अन्य गम्भिर प्रकृतिका बिरामीलाई समेत जिल्लामै उपचार सेवा सहज हुनेछ । अक्सिजन प्लान्ट जडानका लागी नगरपालिकाले गत असार २७ गते मेडिलाइन इक्युपमेन्ट कम्पिलेन्स प्रालिसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । सम्झौता भएको लामो समयपछि मात्रै प्लान्ट जडान भएको छ । सो कम्पनिसँग कार्तिक ३० गतेसम्म काम सम्पन्न गर्ने गरी ८२ लाख ८६ हजार ६ सय ६६ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा तोकिएको मिति भन्दा दुई महिना ढिलोगरी प्लान्ट जडान गरिएको हो ।