images
images

नेकपा एसका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

  • २७ पुष २०७८, मंगलवार ०९:०६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज प्राप्त पिसिआर रिपोर्ट अनुसार अध्यक्ष नेपालमा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ । यसअघि अध्यक्ष नेपालले हिजो मात्रै कोरोना संक्रमण देशभर बढेको भन्दै एक अपिल जारी गरी पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै गर्न निर्देशन दिनुभएको थियो ।