images
images

दोलखामा कोरोना संक्रमण फैलिदैँ, संक्रिय संक्रमित १३ पुगे

  • २७ पुष २०७८, मंगलवार १०:२८

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

बैतेश्वर गाउँपालिकाका १ महिला र १ पुरुषको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएकोमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकअनुसार योसँगै दोलखामा संक्रिय कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि जिरी नगरपालिकाका ८ जना, गौरीशंकर गाउँपालिकाका २ जना र तामाकोशी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका उनीहरु सबै जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो दिनहरुमा मुलुकभर तिव्र रुपमा संक्रमण फैलिँदै गइरहेका बेला जिल्लामा पनि धमाधम संक्रमित भेटिरहेका छन् ।