images
images

एमालेको अधिवेशनः कांग्रेस सभापतिकी पत्नि विजयी, पशुपतिकै परिवारका सदस्य पराजित

  • २७ पुष २०७८, मंगलवार १५:२०

दोलखा । दोलखामा नेकपा एमालेवाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीमा लागेका नेताहरु पराजित भएका छन् । नेकपा एसवाट फर्किएका नेता एमालेको १० औं जिल्ला अधिवेशनमा पराजित भएपछि उनीहरु पार्टी नेतृत्वप्रति सशंकित भएका छन् ।

नेकपा एमालेका तत्कालिन पोलिट्व्यूरो सदस्य एवँ सांसद स्वर्गीय पशुपति चौंलागाईको गृह गाउँ बैतेस्वरको काब्रेवाट पहिलो पटक एमाले जिल्ला कमिटीमा शुन्य प्रतिनिधित्व भएको छ । पार्टी विभाजनपछि नेकपा एसमा लागेर पुनः एमालेमै फर्किएकी नेतृ रोचकुमारी (प्रेमकुमारी) चौंलागाई उपाध्यक्ष पदमा पराजित भएकी छिन् भने नेकपा एमालेमै रहेर जिल्ला कमिटी सदस्यको उम्मेदवार बनेका काब्रेका महिला नेतृहरु कमलकुमारी कार्की र ज्योति केसी आपागाई समेत पराजित हुन पुगेका छन् । स्वर्गीय नेता पशुपति चौंलागाईकी सहोदर भाईबुहारी उपाध्यक्षमा तथा सहिद परिवार ज्योति र जिसस सदस्य समेत रहेकी कार्की पराजित भएपछि वैतेस्वर गाउँपालिका र बिशेषगरी काब्रेको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।

लामो राजनीतिक पृष्ठभूमि बोकेको चौंलागाई परिवारको सदस्य, सहिदकी छोरी र जिसस सदस्य समेत पराजित हुँदा राजनीतिक पृष्ठभूमि नभएका र खासै चर्चामा समेत नरहेका सिता बोम्जन तामाङ र यमुना मोक्तान निर्वाचनवाट बिजयी भएपछि एमाले नेतृत्वमाथि प्रश्न उठेको हो ।

लामो राजनीतिक पृष्ठभूमि बोकेको चौंलागाई परिवारको सदस्य, सहिदकी छोरी र जिसस सदस्य समेत पराजित हुँदा राजनीतिक पृष्ठभूमि नभएका र खासै चर्चामा समेत नरहेका सिता बोम्जन तामाङ र यमुना मोक्तान निर्वाचनवाट बिजयी भएपछि एमाले नेतृत्वमाथि प्रश्न उठेको हो । एमाले जिल्ला कमिटी सदस्यमा भुगोलको महिलातर्फ बिजयी भएकी सिता गैरीमुदी निवासी कांग्रेस दोलखाका क्षेत्रीय सभापति सुक्र तामाङकी पत्नि हुन् भने यमुनापनि खासै चर्चामा नआएकी गैरीमुदीकै बासिन्दा हुन् ।

विगतमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रहेकी रोचकुमारी पार्टी विभाजनपछि नेकपा एसमा लागेपनि नेता पशुपति चौंलागाईको निधनपछि उनी र उनको परिवार एमालेमै उभिएको थियो । रोचकुमारीले जिल्ला उपाध्यक्षमा मनोनय दर्ता गराएपछि ‘पशुपतिको सेन्टिमेन्ट’ जोगाउनु पर्ने भन्दै उनलाई बिजयी गराउने बिषयमा नेताहरु वीच छलफल भएको थियो । मानन्धर रोचकुमारीलाई ९ मतको झिनो मतान्तरले पराजित गर्दै बिजयी भएका थिए ।

निर्वाचनमा मानन्धरले २७४ र रोचकुमारीले २६५ मत पाएकी थिईन् । मानन्धरलाई उपाध्यक्षमा निर्वाचित गराउने र वैतेस्वरको भुगोलतर्फको महिला सदस्यमा गैरीमुदीका तामाङ समुदायका दुई उम्मेदवारलाई जिताउने काम नेृत्तव तहवाटै भएको आरोप छ ।  वैतेस्वरवाट महिलातर्फ उम्मेदवारी दिएकी नाम्दुकी तुलसा आचार्य पनि पराजित भएकी छिन् । वैतेस्वर ७ का रेशम राजस्वराज रिमाल र वैतेस्वर ८ का शान्त जिरेल भने खुल्लातर्फ जिल्ला कमिटी सदस्यमा बिजयी भएका छन् । उनीहरु दुवै पार्टी विभाजनपछि लामोसमय मौन बसेर अन्त्यमा एमालेमै खुलेका थिए ।

स्वर्गीय नेता पशुपतिका कान्छा भाई हेमन्त चौंलागाईले मंगलवार सामाजिक सञ्जालमा पोष्ट गर्दै, ‘नेकपा एमाले दोलखाको अधिवेशनमा नेताहरुको मिसन पूर्णरुपमा सफल भएको’ भन्दै व्याङ्यात्मक टिप्पणी गरेका छन् ।

आवरण तस्वीरः एमाले जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा पराजित रोचकुमारी चौंलागाई ।