images
images

रामेछापमा ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते

  • २७ पुष २०७९, बुधबार ०६:५४

रामेछाप ।रामेछापको लिखुतामाकोशी गाउँपालिकामा ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ट्रक दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुका सोनाम तामाङ र शंकर तमाङ गम्भीर घाइते भएका हुन् । हिजो बेलुकी ८ बजे सिमलडाँडाबाट खिम्तीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २६६७ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका २ जनाको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ । ट्रक सडकबाट २५ मिटर तल खसेको छ ।