images
images

माछा मार्ने क्रममा घाईते भएका सिन्धुलीका एक पुरुषको मृत्यु

  • २६ पुष २०८०, बिहीबार १२:५९

सिन्धुली । माछा मार्ने क्रममा घाईते भएका सिन्धुलीका एक पुरुषको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–११ मरघट्टीका ३९ वर्षीय रामबहादुर सुनार माछा मार्ने क्रममा पौष ९ गते घाइते भएका थिए । माछा मार्ने क्रममा घाइते भएका सुनारको हिजो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पुस ९ गते सुनार कमला खोलामा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न गएका थिए । माछा मार्ने क्रममा खोलामा डुबेर घाइते भएका उनलाई उपचारका लागि फुलकुमारी महत्तो मेमोरीयल हस्पिटल कर्जना सिरहा लगिएको थियो । थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं लगिएको थियो । घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।