काठमाडौं । पाँच थान नक्कली नोटसहित काभ्रेपलाञ्चोककी एक युवती पक्राउ परेकी छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० की २५ वर्षीया मनिषा न्यौपाने आज एक हजार दरको पाँच थान नक्कली नोटसहित पक्राउ परेकी हुन् । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकस्थित मेडिकलमा औषधि खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट प्रहरी खटिएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई माछापोखरी चोकबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।










