दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोटस्थित परोपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेड यो वर्ष दोलखा जिल्लाकै उत्कृष्ट सहकारी संस्था घोषित भएको छ ।
दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघको २५ औं वार्षिक साधारण सभामा परोपकार साकोस जिल्लाकै उत्कृष्ट साकोसकोरुपमा सम्मानित भएको छ । संस्थाको वचत, ऋण लगानी, वित्तिय सुशासन लगायतका सुचकहरुलाई आधार मानेर गरिएको मुल्यांकनमा परोपकार जिल्लाकै उत्कृष्ट सहकारी भएको हो । यसैगरी जिरीस्थित एकीकृत फ्रेण्डसीप साकोस उत्कृष्ट लगानी संस्था, वैतेश्वर गाउँपालिका–३ स्थित नव जनउत्थान साकोस उत्कृष्ट कारोवार गर्ने संस्था र भीमेश्वर नगरपालिका–६ चरिकोटस्थित अर्थभूमि साकोस उत्कृष्ट ऋण सेवा उपयोग गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । उत्कृष्ट संस्थाहरुलाई नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नगद तथा सम्मान पत्र प्रदान गर्नुभयो ।
जिल्ला वचत संघले आफ्नो साधारण सभाको अवसरमा दुई वा सो भन्दा बढी सहकारी संस्थाहरु एकीकरण गर्न सफल वैतेश्वर गाउँपालिका–३ स्थित नव जनउत्थान साकोस, तामाकोशी गाउँपालिका–५ स्थित हाम्रो तामाकोशी साकोस र तामाकोशी गाउँपालिका–३ स्थित गढीदृष्टि भावना साकोसलाई पनि सम्मान गरेको छ । स्थानीय तहतर्फ एक स्थानीय तहमा मात्रै कार्यक्षेत्र भएका वचत तथा ऋण सहकारी संस्थाहरु मध्ये भीमेश्वर नगरपालिका–१ स्थित क्षमावती महिला साकोस, जिरी नगरपालिका–६ स्थित आकाशद्धिप साकोस र तामाकोशी गाउँपालिका–३ स्थित गढीदृष्टि भावना साकोस उत्कृष्ट भएका छन् ।

परोपकार साकोस जिल्लाकै उत्कृष्ट साकोसकोरुपमा सम्मानित भएको छ । यसैगरी जिरीस्थित एकीकृत फ्रेण्डसीप साकोस उत्कृष्ट लगानी संस्था, वैतेश्वर गाउँपालिका–३ स्थित नव जनउत्थान साकोस उत्कृष्ट कारोवार गर्ने संस्था र भीमेश्वर नगरपालिका–६ चरिकोटस्थित अर्थभूमि साकोस उत्कृष्ट ऋण सेवा उपयोग गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ ।
यस्तै, मेलुङ गाउँपालिका–५ को सामुदायिक साकोस, शैलुङ गाउँपालिका–४ को भगवती महिला साकोस, कालिञ्चोक गाउँपालिका–७ को ढिकादेवी ग्रामीण साकोस, बिगु गाउँपालिका–१ को छोस्याम हिमालय साकोस र गौरीशंकर गाउँपालिका–६ को स्वागतम साकोस पनि पालिका तहमा उत्कृष्ट साकोस भएका छन् । उत्कृष्ट संस्थाहरुलाई नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा सम्पन्न २५ औं वार्षिक साधारण सभाको उद्घाटन नेफ्स्कुनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गर्नुभयो । सभालाई नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारी, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, राष्ट्रिय सहकारी वैंकका संचालक सदस्य रामहरी बजगाईं, बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा, सामुदायिक रेडियो प्रसारक संघ नेपालका निवर्तमान केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगतप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव अनिल श्रेष्ठले वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो । संघका कोषाध्यक्ष तेन्जिङ शेर्पाका अनुसार संघमा १ सय ६४ वटा सँस्था सदस्य रहेका छन् भने कुल पुँजी३२ करोड ९ लाख १८ हजार ३ सय २७ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको कारोवारवाट संघले खुद ५२ लाख ७७ हजार ९ सय ४७ रुपैयाँ मुनाफा कमाएको छ ।













