रुसी सेनामा भर्ती भई मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।
रुसी सेनामा भर्ती भएका थप एक युवकको मृत्यु भएसँगै मृतक नेपालीको संख्या ११ पुगेको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको युक्रेन युद्धमा परी मृत्यु भएको छ । छिमेकीका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि रुस गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।










