images
images

जिरीमा यस्तो बन्यो प्रेस सेन्टर नेपालको टिम

  • २७ पुष २०८१, शनिबार ०८:२५

जिरी (दोलखा) । प्रेस सेन्टर नेपाल जिरीको अध्यक्षमा बाल कुमार दाहाल चयन भएका छन् ।

प्रेस सेन्टर नेपालको जिरी नगर समितिमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा रोनिया प्राख्रीन चयन भएका छन् भने सचिवमा गरिमा सुनुवार, सह–सचिवमा लोकेन जिरेल र कोषाध्यक्षमा मन्दिरा बिश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा लाक छिरी शेर्पा, निरन जिरेल, सुर्य बहादु जिरेल, राम बहादुर खाती, मान बहादुर जिरेल, प्रकाश जिरेल, दावा शेर्पा लगायत चयन भएका छन् ।

प्रेस सेन्टर नेपाल जिरी नगरपालिकाका निबर्तमान अध्यक्ष नबिन सुनुवारले जिरीमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बताएका छन् । आज जिल्लामा सातौ जिल्ला अधिवेशन हुँदैछ ।