images
images

दाङमा आगलागीमा परी पाँच जनाको मृत्यु

  • २८ माघ २०७८, शुक्रबार ०८:१२

काठमाडौं । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा एक महिला, दुई पुरुष र दुई जना बालबालिकाको मृत्यु भएको हो । आगलागीमा परी मृत्यु हुनेमा १३ वर्षिया सजिता खातुन, १४ वर्षिय हसन बकस, १५ वर्षिय मसिन बकस, ४० वर्षिय नजरदिन अली र ५ वर्षिय बालक अबिददिन अलि रहेका छन् । उनीहरुको शव जलेको अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

आगो र धुँवाको रापतापका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । विहिवार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको डिएसपी अर्यालले बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।