images
images

होटलमा महिलाको हत्या गरेको आरोपमा दोलखाका पुरुष पक्राउ

  • २८ माघ २०८०, आईतवार २२:१४

काठमाडौं काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका एक पुरुषलाई पक्राउ गरेको छ। 

रामेछापकी प्रमिला दमाईको हत्या गरेको आरोपमा प्रहरीले दोलखाका कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।उनीहरू दुवै जना शुक्रबार  होटलमा सँगै बसेका थिए। भोलिपल्ट दिउँसो ढोकामा चाबी लगाइरहेको देखेपछिहोटलका स्टाफले चाबी फुटाएका थिए। कोठाभित्र महिला मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबरगरेका थिए।

अर्कै नाममा होटल बुक गरेर कोठामासँगै बसेकी महिला मृत भेटिए पनि पुरुष फरार थिए शनिबारदेखि फरारभएका ती पुरुषलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार कुमारले आफूले महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

कुमार हत्या भएकी महिला दुवै विवाहित हुन्। मृतक महिला सिनामंगलमा डेरा गरी बस्थिन्।