images
images

दोलखाकी महिलाको सुनको गरगहना चोरी गर्ने तीन जना काठमाडौंबाट पक्राउ

काठमाडौं । सुनको गरगहना चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोकका एकसहित ३ जना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको पनौति नगरपालिका–१ घर भई बसन्तपुर बस्दै आएका कोमल बहादुर कार्की, काठमाडौं महानगरपालिका–२९ घर भई बसन्तपुर बस्दै आएका ४१ वर्षीय नरेन्द्र देउला र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक पक्राउ परेका हुन् । उनीहरूमाथि माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको शैलुङ गाउँपालिका –७ फस्कुकी सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको आरोप छ ।

उनीहरूको साथबाट सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीन जना माथि थप अनुसन्धान प्रहरीले जनाएको छ ।