images
images

मोटरसाइकल चोरीको अभियोगमा सिन्धुपाल्चोका दुई सहित पाँच जना पक्राउ

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:०४

काठमाडौँ। मोटरसाइकल चोरीको आरोपमा सिन्धुपाल्चोकका दुईसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, संखुवासभाका योगराज लिम्बु, झापाका दिपेश मगर र सुर्खेतका विशाल राना रहेका छन् । महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो । उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।