images
images

रुकुम पुर्वमा भेटियो ठुलो परिमाणमा सकेट बम

  • २७ फाल्गुन २०७८, शुक्रबार ०९:५२

काठमाडौं । रुकुम पुर्वको एक जंगलमा ठुलो परिमाणमा सकेट बम फेला परेको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ बुर्किसल्लाको जंगलमा एक दर्जन बढी सकेट बम फेला परेको हो । हिजो दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले आज कालो प्लास्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बम फेला परेको रुकुम पुर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्धन्द्धकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तु निश्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।