images
images

स्थानीय तह निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ? (विवरण सहित)

  • २७ फाल्गुन २०७८, शुक्रबार १६:०७

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ।

राजनितिक दलका प्रतिनिधिहरुसँग आज भएको छलफलमा आयोगले स्थानीय तह अनुसार उम्मेदवारले गर्न पाउने चुनावि खर्चको सिलिङ तोकेको हो । छलफलका क्रममा दलहरुले उम्मेदवारको खर्च सिमा बढाउनुपर्ने माग गरेका छन् । यसअघि २०७४ सालमा भएको संसदीय निर्वाचनमा उम्मेदवारलाई अधिकतम २५ लाख सम्म खर्च गर्न पाउने सिमा तोकिएको थियो ।

खर्चको सिमाः

१) महानगरका प्रमुख वा उपप्रमुखले बढीमा ७ लाख ५० हजार
२) उपमहानगरपालिकाका प्रमुख उपप्रमुखले बढीमा ५ लाख ५० हजार
३) नगरपालिकाका प्रमुख उपप्रमुखले बढीमा ४ लाख ५० हजार
४) गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले बढीमा ३ लाख ५० हजार
५) महानगरका वडाध्यक्ष वा सदस्यले बढीमा ३ लाख
६) उपमहानगरको वडाध्यक्ष वा सदस्यले बढीमा २ लाख ५० हजार
७) नगरपालिकाका वडाध्यक्ष वा सदस्यले बढीमा २ लाख
८) गाउँपालिकाको वडाध्यक्ष वा सदस्यले बढीमा १ लाख ५० हजार
९) जिसस प्रमुखको उम्मेदवारले ५० हजारसम्म र सदस्यले २५ हजारसम्म