images
images

भीमेश्वर र जिरी नगरपालिकामा दमकल, समुचित प्रयोग हुन नसकेको जनगुनासो

  • २७ फाल्गुन २०७९, शनिबार १२:४३

दोलखा । दोलखाका दुई स्थानीय सरकारले दमकल खरिद गरेका छन् । स्थानीय सरकारसंग दमकल भएपनि आगलागी लगायतका घटनामा त्यसको समुचित प्रयोग भने हुन सकेको छैन ।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकामा लाखौं खर्च गरेर दमकल खरिद गरिए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको हो । दोलखाका बाँकी ७ वटा स्थानीय सरकारसँग भने दमकल छैन । भीमेश्वर नगरपालिकामा भएको दमकल फाट्टफुट्ट रुपमा प्रयोगमा आए पनि जिरी नगरपालिकामा भएको दमकल थन्किएर बसेको छ । भएका दमकल प्रयोगमा नआउने र धेरै स्थानीय तहमा दमकल नैं नभएका कारण आगलागीका कारण मानिसको ज्यानै जानुकासाथै लाखौंको क्षेति हुने गरेको छ ।

सोमवार राति मात्रै कालिन्चोक गाउँपालिका–२ ट्वाँपास्थित एक घरमा आगलागी हुँदा ८७ वर्षिय महविर थामीको जलेर मृत्यु भयो । गत कात्तिकमा कालिञ्चोक गाउँपालिका ३ सिंगटी बजारमा रहेको फेन्सी पसलमा आगलागि हुँदा २५ लाख बराबरको क्षति हुन पुग्यो । यस्तै, माघ १९ गतेराति कालिञ्चोक गाउँपालिका ९ कटुवाचौर बजारमा भीषण आगलागी भयो । आगलागीवाट बजार क्षेत्रका ९ घर जलेर पूर्णरुपमा नष्ट हुँदा लाखौंको क्षति भयो । तर, भीमेश्वर नगरपालिकासँगै जोडिएको कालिन्चोक गाउँपालिकाको कुटवाचौरको आगो नियन्त्रणमा नगरपालिकाको दमकल काम लागेन । आगलागी लगत्तै खवर गरिए पनि भीमेश्वर नगरपालिकाको दमकल २ घण्टापछि मात्रै पुगेको आगलागी पीडितले गुनासो गरेका छन् । चरिकोटदेखि साँढे १३ किलोमिटर पक्कि सडकको दुरीमा रहेको कटुवाचौर पुग्न दमकललाई २ घण्टा समय लागेको देखिन्छ । जवकी चरिकोटवाट कुटवाचौरसम्म पुग्न एम्वुलेन्सलाई जम्मा २० मिनेट समय मात्रै लाग्छ । आगलागी पीडितले २ घण्टा ढिलोगरी दमकल घटनास्थल पुगेको बताए पनि भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल भने आगलागीको खवर आएको २५ मिनेटभित्र दमकल पुगेको दावी गर्नुहुन्छ ।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकामा लाखौं खर्च गरेर दमकल खरिद गरिए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको हो । दोलखाका बाँकी ७ वटा स्थानीय सरकारसँग भने दमकल छैन । कटुवाचौर आगलागी पीडितले २ घण्टा ढिलोगरी दमकल घटनास्थल पुगेको बताए पनि भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल भने आगलागीको खवर आएको २५ मिनेटभित्र दमकल पुगेको दावी गर्नुहुन्छ ।

कतिपय सडक छेउमै रहेका स्थानहरुमा आगलागी हुँदा पनि दमकल समयमै नपुग्ने गरेको स्थानीयको गुनासो छ । तर, भीमेश्वर नगरपालिकाले भौगोलिक विकटताका कारण सबै स्थानमा दमकल पुग्न नसकेको बताएको छ । दमकललाई तत्काल प्रयोगमा ल्याउने गरी अग्नि फायर फाइटर र दुई जना नगर प्रहरीलाई तयारी अवस्थामा राख्ने गरेकाले खवर प्राप्त हुनासाथ सडक सञ्जाल पुगेका स्थानमा दमकल समयमै पुग्ने गरेको भीमेश्वर नगरपालिकाको दाबी छ । सो कार्यमा सहयोग गर्न दुई जना शसस्त्र प्रहरीलाई समेत जिम्मेवारी तोकिएको छ । नगरपालिकाले दमकल आफ्नै कम्पाउन्डमा तयारी अवस्थामा राख्ने गरेकाले तत्काल घटना भएमा फोन नम्बर ०४९–५९०१०१ मा खवर गर्न पनि आग्रह गरेको छ । यो नम्बर बाहेक पालिकाका प्रमुख वा उपप्रमुखलाई घटनाको विषयमा जानकारी गराएपनि तत्काल फायर फाइटर सहितको टोली खवर आउनासाथ हिँड्नेगरी तयारी अवस्थामा राखिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कहिलेकाँही आगलागीको घटना भएको स्पष्ट लोकेसन नआउँदा समस्या हुने गरेको छ ।

करिव दुई बर्षअघि जिरी नगरपालिका–४ को रातमाटेमा दिउँसै आगलागी भयो । आगलागीवाट चार घर जलेर नश्ट हुँदा लाखौंको क्षेति भयो । तर, नगरपालिकाको दमकल रातमाटेसम्म पुग्नै सकेन । नगरपालिका आसपासमा आगलागीका घटना कम भएकाले दमकलै प्रयोग गर्नुपर्ने अवस्था नरहेको जिरी नगरपालिकाका सूचना अधिकारी तेजकुमार धमलाको भनाई छ ।

जिरी नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि आउनु अघि नै दमकल खरिद गरेको थियो । तर, सो दमकल खासै प्रयोगमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय जिरी अगाडि सडक किनारमा दमकललाई तयारी अवस्थामा राख्ने गरिए पनि दमकल चालकको व्यवस्था हुन सकेकै छैन । नगरपालिकाले आवश्यक्ता परेका बेला अन्य सवारी चालक खोजेर काममा लगाउने गरेको छ । करिव दुई बर्षअघि जिरी नगरपालिका–४ को रातमाटेमा दिउँसै आगलागी भयो । आगलागीवाट चार घर जलेर नश्ट हुँदा लाखौंको क्षेति भयो । तर, नगरपालिकाको दमकल रातमाटेसम्म पुग्नै सकेन । ढिलोगरी गाउँ पुगेको दमकल आगलागीस्थलमा सडक पहुँच नभएका कारण त्यत्तिकै फर्कियो ।

नगरपालिका आसपासमा आगलागीका घटना कम भएकाले दमकलै प्रयोग गर्नुपर्ने अवस्था नरहेको जिरी नगरपालिकाका सूचना अधिकारी तेजकुमार धमलाको भनाई छ । दमकल व्यवस्थापनका लागि नगरपालिकाले छुट्टै कर्मचारी नराखेकाले आवश्यक पर्दा नगरपालिकामा भएका अन्य सवारी चालकले नै दमकल चलाउने गरेको उहाँले बताउनुभयो । जिरी नगरपालिकाले आगलागीका घटना भइहालेमा दमकल प्रयोग गर्नकालागि हट लाईन टेलिफोनको व्यवस्था समेत नगरेको नगरवासीको गुनासो छ ।